+
+
Shares

कांग्रेस बैठकमा विश्वप्रकाशको प्रस्ताव: वडा र क्षेत्रपछि सिधै महाधिवेशन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई तहको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न सकिने बताएका छन्।
  • कांग्रेसले १६ पुसमा वडा तहको अधिवेशन गरेर २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।
  • क्रियाशील सदस्यता नवीकरण र विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन।

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तलको पार्टी संरचनामा दुई तहको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न सकिने बताएका छन् ।

बुधबारदेखि जारी कार्यसम्पादन समितिको बैठकमा बिहीबार बोल्ने क्रममा महामन्त्री शर्माले वडा, क्षेत्रको अधिवेशन गरेपछि प्रतिनिधि चयन हुने हुँदा केन्द्रीय महाधिवशेन गर्न सकिने विकल्प अघि सारेका हुन् ।

सात तहको अधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरेर तीन तहको अधिवेशन गर्नुपर्ने विचार राखे । कांग्रेसले १६ पुसमा वडा तहको अधिवेशन गरेर २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि छुट्याइएको कार्यतालिका प्रभावित भइसकेको छ । विधान संशोधन मस्यौदा समिति पनि गठन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?