News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले फागुन २१ को निर्वाचन केन्द्रित वातावरण बनाइसकेको बताएका छन्।
- मन्त्री खरेलले निर्वाचन आयोगले द्रुत गतिमा काम गरेको र सुरक्षा निकाय तैनाथी अवस्थामा रहेको उल्लेख गर्नुभयो।
- उनले सबै राजनीतिक दलहरू चुनावको लागि अगाडि सरिसकेको र आगामी फागुन २१ गते चुनाव जसरी पनि हुने बताउनुभयो।
१० पुस, काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले निर्वाचनको वातावरण बनाइसकेको बताएका छन् ।
उनले सरकार फागुन २१ को निर्वाचन केन्द्रित रहेको बताका हुन् । शुक्रबार पाँचखाल नगरको अवलोकन एवं वस्तुस्थिति बुझ्ने क्रममा मन्त्री खरेलले सरकारले निर्वाचनको वातावरण बनाई सकेको, निर्वाचन आयोगले आफ्नो काम द्रुत गतिमा काम गरेको तथा सुरक्षा निकाय सोही ढङ्गबाट तैनाथी अवस्थामा रहेकोले बताएका हुन् ।
‘सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ । सबै राजनीतिक दलहरू चुनावको लागि अगाडि सरिसकेको अवस्थामा आगामी फागुन २१ गते चुनाव जसरी पनि हुन्छ’ मन्त्री खरेलले भने ।
नेपाली काङ्ग्रेस‚ एमाले‚ नेपाली कम्युनिस्ट पार्टी‚ राप्रपालगायतको दलहरूको कार्यालयमै पुगेर सरकारले सहज ढङ्गको साथै निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरिसकेको उनको भनाइ छ ।
पाँचखाल नगर प्रमुख महेश खरेलले सञ्चारमन्त्री खरेललाई पाँचखालमा भएका विकास निर्माणबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया 4