+
+
Shares

ईशान मृत्यु प्रकरण : प्रहरी प्रतिवेदन अस्वीकार गर्दै प्रहरी कार्यालय घेराउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १३:३५

११ पुस, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाका ईशान शर्माको मृत्युको कारणबारे प्रहरीद्वारा सार्वजनिक गरिएको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अस्वीकार गर्दै मृतकका आफन्त, छिमेकी र स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर, सालझण्डी र जिल्ला प्रहरी कार्यालयमा जुलुससहित घेराउ गरेका छन् ।

घटनाको सत्य तथ्य अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन दबाब दिन उनीहरूले इलाका प्रहरी कार्यालय रुद्रपुर र सल्लझण्डी हुँदै  जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा पुगेर धर्नासहित नाराबाजी गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलमा कञ्चन गाउँपालिकाका जनप्रतिनिधी र मृतकका आफन्तको उपस्थितिमा ईशानको कुनै व्यक्तिबाट हत्या भएको नभई लु २ ख ४९४८ नम्वरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको थियो ।

पोस्टमार्टम रिपोर्टका आधारमा प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन अस्वीकार गर्दै इशानका परिवार, आफन्त र स्थानीयले  उक्त घटना हत्या नै  भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गर्दै आएका छन् ।

ईशान शर्माको मृत्युबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सूरज कार्की र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको संयुक्त कमाण्डमा अनुसन्धान भइरहेको छ ।

मृतक शर्माको आमा रमा शर्मा, बुवा अर्जुन शर्मा, ठूलो बुवा पुष्पराज शर्मा र दिदि सारिका, स्नेह शर्मा लगायत आफन्त र स्थानीयहरुले ईशानको मृत्यु गाडीको ठक्करबाट नभई सुनियोजित रुपमा गरिएको हत्या भएको र वास्तविक दोषीलाई उन्मुक्ति दिन नक्कली(डमी) दोषी खडा गरिएको भन्दै असहमती जनाएका छन् ।

पुस २ गते देखि परिवारसंग सम्पर्क विहिन भएका ईशान दुई दिन पछि असोज ३ गते घर नजिकैको नालीमा टाउको पछाडी गम्भिर चोटसहित आँखा फोडिएको अवस्थामा मृत अवस्थामा  भेटिएका थिए ।

मृतक शर्माका बुवा अर्जुन शर्मा र आमा रमा शर्माले  इशान शर्माको हत्या प्रकरणलाई सडक दुर्घटना बनाउने प्रयास भएको भन्दै यो निर्णय कुनैपनि हालतमा मान्य नहुने भन्दै असहमति जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही पुगेका पिडितका आफन्तहरुलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी सूरज कार्कीले तीन जनालाई नियन्त्रणमा लिई  अनुसन्धान भइरहेको र अझै अन्तिम निष्कर्षमा पुगिनसकेको बताउदै अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

मृतक शर्माका ठूलो बुवा पुष्पराज शर्माले भने वास्तविक दोषी पत्ता नलगाएम्म छोराको शव नबुझ्ने तर अनुसन्धानका लागि प्रहरी प्रशासनलाई  साथ दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?