+
+
Shares

‘माछी मार्न जाऔं न दाजै’ गायिका क्यान्सर र मिर्गौला रोगले थलिइन्, उपचार खर्चका लागि याचना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रीता रेग्मी उपाध्याय, 'माछी मार्न जाऔं न दाजै कालापानीमा' गीतकी गायिका, भारतको राजिव गान्धी अस्पतालमा क्यान्सर र मिगौला रोगको उपचार गराइरहेकी छिन्।
  • उनी उपचारको क्रममा आर्थिक अभावमा सडकमा आइपुगेकी र ऋणले थिचिएको बताएकी छन् र आर्थिक सहयोगको माग गरेकी छन्।
  • रीताले आफूलाई गुरुआमा ठानेर शिष्यहरूलाई गुरुदक्षिणाको रूपमा सहयोग गर्न आग्रह गरेकी छिन्।

काठमाडौं । धेरैले सुन्नुभएकै होला, डेढ दशकअघिको हिट गीत ‘माछी मार्न जाऔं न दाजै कालापानीमा !’

राष्ट्रियताको भाव जगाउने यो गीतलाई विधान श्रेष्ठ र जे पापीसँग मिलेर रीता रेग्मी उपाध्यायले गाएकी हुन् । यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक र मर्मस्पर्शी सुनिन्छ ।

बागबजारको पद्मकन्या कलेजसहितमा २६ वर्षसम्म अनवरत पढाएकी उनै रीतालाई कुनै समय सो गीतले एकाएक चर्चामा ल्यायो । उक्त गीतमा पनि उनलाई देख्न सकिन्छ ।

सोही गीतकै गायिका तथा कलाकार रीता अहिले भारतको राजिव गान्धी अस्पतालमा छिन् । युट्युबर भोजराज थापाले रीतालाई भेटेर उनको स्वास्थ्य अवस्था र पछिल्लो उनको स्थितीलाई बाहिर ल्याएका छन् ।

रीताको भेटपछि सार्वजनिक भिडियोमा उनले आफूलाई तेस्रो स्टेजको क्यान्सर भएको र आफू मिगौला रोगी पनि भएको बताएकी छन् । उपचार गर्दागर्दै आफू सडकमा आइपुगेको र ऋणले थिचेको ब्यथा उनले सुनाएकी छिन् ।

उपचारको लागि आर्थिक अभाव भएपछि उनले सघाउन आग्रह गरेकी छन् । ‘कुनैबेला मसँग लाखौं पैसा हुन्थ्यो । मिहेनत गर्थेँ, दुःख गर्थे । तर म अहिले रोडमा आइसकेको छु । म यही रोडमा भौंतारिन्छु । म यही झोला भिर्र्छु’ उनले भनेकी छन्, ‘किड्नीको एकदमै बिरामी भएपछि म गलेँ । गुरुदक्षिणाको रुपमा अलिकति आर्थिक सहयोग मागेको छु ।’

क्यान्सरको उपचारको क्रममा किड्नीमा समस्या भएपछि आफू गलेको उनी बताउँछिन् । ‘मेरो बे्रस्ट काटेको हो । डाक्टरले क्लिनिकल्ली डेढ नै भनिसकेका थिए । तर म बाचेँ । उपचार गर्दा सबै पैसा सकियो । ऋणमा डुबेँ’ उनले भनिन् ।

उनले आफूलाई गुरुआमा ठानेर गुरुदक्षिणाको रुपमा सघाउन पनि शिष्यहरूलाई आग्रह गरेकी छन् ।

‘माछी मार्न जाऔं न दाजै कालापानीमा’ गीतलाई १३ वर्षअघि गायक जे–पापीको युट्युब च्यानलबाट रिलिज गरिएको थियो । त्यसपछि म्युजिक नेपालले आफ्नो च्यानलबाट सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?