+
+
Shares

मैले प्रस्ताव गरेको तालिकामा मात्रै सम्भव छ कांग्रेस महाधिवेशन : सहमहामन्त्री यादव

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन तय भएको कार्यतालिका अव्यवहारिक भएको र यसअवधिमा सम्पन्न गर्न नसकिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १५:४८

पुस ११, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन तय भएको कार्यतालिका अव्यवहारिक भएको र यसअवधिमा सम्पन्न गर्न नसकिने बताएका छन् ।

जारी कार्यसम्पादन समितिको बैठकमा उनले पार्टी निर्वाचनमा लागि सकेको बताउँदै पार्टी महाधिवेशन वैशाख गर्नु उपयुक्त हुने बताएका हुन् ।

असोज २८ गतेदेखि ४५ दिनसम्म चलेकोल केन्द्रीय समिति बैठकमा पनि यादवले ०८२ वैशाख २७-२९ गतेका लागि महाधिवेशन प्रस्ताव गरेका थिए ।

तर, मंसिर १६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६-२८ को प्रस्ताव पारित गरेको थियो ।

‘मैले त्यसबेला सोचविचार गरेर फेयर अधिवेशन हुने गरी कार्यतालिका पेस गरेको थिएँ । त्यसबेला साथीहरू मान्नु भएन । सारा शक्ति निर्वाचनमा लगाइसक्यौं । क्रियाशील फारम जिल्ला जिल्लाबाट आएकै छैनन्,’ उनले भने, ‘प्राक्टिल कुरा गरौं, क्रियाशील फाइनल नभई अधिवेशन हुँदैन । पहिले क्रियाशील फाइनल भएर वडाबाट सुरू भएर केन्द्रीय अधिवेशन हुन्छ ।’

उनले विशेष महाधिवेशन नहुने पनि बताए । ‘नियमित महाधिवेशनमा हामी लागेका छौं । विशेष महाधिवेशन हुँदैन, नियमित महाधिवेशन नै हुन्छ,’ उनले भने ।

उनले क्रियाशीलको सिस्टम लक नहुने र छुटेकाले फारम भर्न सक्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?