११ पुस, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन रिटर्नी सेन्टर नेपाल र नेपाल रिटर्नी एशोसिएसन(समाजवादी) ले समानुपातिक तर्फ चार जना उम्मेदवारमा सिफारिस भएका छन्|
पार्टीले गत पुस ४ गते जारी गरेको विशेष सर्कुलरअनुसार दुवै संगठनबाट दुई पुरुष र दुई महिलाको नाम सिफारिस गरिएको हो |
सिफारिस हुनेमा सेन्टरका तर्फबाट देवेन्द्र सम्बाहाम्फे र चेतना श्रेङ रहेका छन् भने समाजवादीबाट प्रविन पौडेल र अनिता कुमारी रहेका छन् |
संगठनको कमिटी तयार भै नसकेकाले दुवै संस्थाको फ्र्याक्सन इन्चार्ज र अध्यक्षले बिहीबार सर्वसम्मत नाम सिफारिस गर्ने निर्णय गरेको हो |
दुवै संगठनले पार्टीको निर्देशन तथा मापदण्ड पुर्याएर शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस पत्र पार्टी बुझाएको जनाएका छन् ।
दुवै संगठनले नाम, झन्डा र विधानलगायतका विषयमा सहमति गरिसकेको भए पनि संगठनको औपचारिक समायोजन पार्टी नेताहरूको व्यस्तताले रोकिएको छ |
संगठनले विदेशमा आर्जन गरिएको सीप, अनुभव र ऊर्जाको प्रयोग गर्दै पार्टीको मागअनुसार उम्मेदवार सिफारिस गरिएक एसोसिएसनका अध्यक्ष प्रविन पौडेलले बताए ।
प्रतिक्रिया 4