१३ पुस, पाल्पा । नेपाल कम्युनिष्ट पार्टी पाल्पाले राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेद्वार सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिको बैंठकले आगामी फागुन माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १० जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।
बैठकबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ पार्वती बिक (दलित महिला), बिष्णुमाया थापा (जनजाति महिला), शान्ता न्यौपाने (खसआर्य महिला), पदम प्रसाद अर्याल (खसआर्य पुरुष), महमद रफि (मुस्लिम पुरुष) र खुमबहादुर कुमाल (जनजाति पुरुष) लाई सिफारिस गरेको हो।
नेकपाका नेता मथुरा ढकालका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि रामकृष्ण कार्की (खुला) दल बहादुर राना (खुला), दुर्गा कुमारी भण्डारी (महिला), शान्ता सारु (महिला) सिफारिस भएका छन् ।
प्रतिक्रिया 4