News Summary
Generated by OK AI. Editorially reviewed.- डा बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षकत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी र कुलमान घिसिङको संरक्षकत्वमा पार्टीबीच एकताको तयारी भइरहेको छ।
- दुवै पार्टीका वार्ता टोलीबीच पटक-पटक छलफलपछि आइतबार साँझ ६ बजे शीर्षतहका नेतासहितको छलफल हुने ऊज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए।
- प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले 'हामी निरन्तर संवादमै छौँ। हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो' भने।
१३ पुस, काठमाडौँ । डा बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी गरिएको छ । दुवै पार्टीका वार्ता टोलीबीच पटक-पटक छलफल भएपछि आइतबार साँझ ६ बजे शीर्षतहका नेतासहितको छलफल हुने उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए ।
यसअघि कुलमान नेतृत्व ऊज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, रास्वपामा विलय हुने गरी नजाने निर्णय गरेको थियो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पनि यसअघि पटकपटक छलफल भएको र आज पनि छलफल हुने जानकारी दिए ।
‘हामी निरन्तर संवादमै छौँ। हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो,’ उनले भने ।
प्रतिक्रिया 4