+
+
Shares

रवि-बालेन दागरहित नेता-व्यक्ति होइनन्, एकताको प्रभाव खासै छैन: महत

आइतबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले रवि र बालेन दुवै दागरहीत नेता नभएको भन्दै उनीहरू मिल्दैमा कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले रवि लामिछाने र बालेन्द्र शाहबीचको एकताप्रति कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो।
  • उहाँले रवि र बालेन दुवै दागरहीत नेता नभएको र उनीहरू मिल्दा कांग्रेसलाई खासै प्रभाव नपर्ने उल्लेख गर्नुभयो।
  • महतले शासन चलाउन सुस्पष्ट नीति, अनुभव र देशव्यापी संगठन आवश्यक भएको र कांग्रेस नै मुख्य दल भएको बताउनुभयो।

१३ पुस, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको एकताप्रति टिप्पणी गरेका छन् ।

आइतबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले रवि र बालेन दुवै दागरहित नेता नभएको भन्दै उनीहरू मिल्दैमा कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताएका हुन् ।

‘यसबाट खासै प्रभाव पर्ने मैले देखेको छैन । उहाँहरू कुनै दागरहित र प्रश्न नभएका व्यक्तित्व त होइन । न रास्वपाका नेता न बालेनजी । धेरै ठूलो प्रश्न उठेको छ, जनताले मूल्याङ्कन गरिरहेका छन्,’ उनले भने, ‘शासन चलाउने भनेको सुस्पष्ट नीति दिशा हुनुपर्छ । अनुभव पनि हुनुपर्छ । देशव्यापी संगठन पनि हुन्छ । यो भयो भने मात्र जनताको विश्वास लिन सकिन्छ । यसका लागि कांग्रेस नै मुख्य दल हो । नेपाली कांग्रेसले उहाँहरू मिल्नुभयो भनेर आत्तिनुपर्ने अवस्था छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?