बीपी राजमार्ग पुनर्निमाण । फाइल तस्वीर
१३ पुस, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको राजमार्गको चारसयबेशी–डलाबेसी खण्ड अन्तर्गत पुनर्निमाणक्रममा ढिस्को झरेर एक मजदुरको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
राजमार्गको रोशी ८ नार्के नजिकै स्याउली भन्ने स्थानमा सडक निर्माणमा ढिस्को झरेर उक्त स्थानमा काम गर्ने जाजरकोट निवासी २१ वर्षीय दिपेन्द्र थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।
वाल लगाउन खनेको खाल्डोमा ढुंगा बिछ्याउने क्रममा ढिस्को खसेको थियो । कार्कीका अनुसार घाईते हुने जाजरकोटकै २३ वर्षीय नविन रोक्का छन् ।
गत वर्षको रोशीखोलाको बाढीले बीपी राजमार्गको चौकीडाडा–नेपालथोक खण्ड बगाएपछि अहिले पुननिर्माण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4