१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट स्याङ्जा –२ बाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका लागि आठ जनाको नाम सिफारिस गरिएको छ ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन ढकाल सहित आठ जनाको नाम प्रत्यक्षका लागि सिफारिस गरिएको हो । अन्य सिफारिस भएका आकांक्षीहरूमा शैलेन्द्र घिमिरे, लोकेन्द्र तराङ, मेघनाथ चापागाईं, पदम विक, तेजु सुवेदी, हरिमोहन भण्डारी र शिव भट्टराई छन् ।
यस क्षेत्रबाट समानुपातिक उम्मेदवारमा ९ जनाको नाम सिफारिस गरिएको छ । ताज महम्मद मियाँ, गिरीधारी कोइराला, कल्पना अर्याल, रुकवीर विक, बसर अलि मियाँ, लक्ष्मी राना, बुद्धिसागर भट्टराई, सुशिला कुँवर र भरतदेव पंगेनीको नाम समानुपातिकतर्फ सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4