१४ पुस, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको दाबी गरेका छन् ।
अनलाइनखबरसँग कुराकानी गर्दै उनले सहमति भएको जानकारी गराएका हुन् ।
‘मैले तीनै जनालाई एकै ठाउँमा राखेर सहमति गराएँ । सहमतिको ड्राफ्ट उहाँहरूले नै सार्वजनिक गर्नुहुन्छ,’ उनले भने ।
उनीहरू मिलेर निर्वाचनमा जाने सहमति भएको गुरुङले बताए । पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो ।
उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो ।
सोमबार काठमाडौंमा उनीहरूबीच पुन: भएको छलफलमा सहमति जुटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4