+
+
Shares

जेनजी आन्दोलनमा क्षतिग्रस्त सुदूरपश्चिम प्रदेश सभा भवन तयार

४ महिनापछि बाेलाइयाे बैठक 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १९:०७

१४ पुस, धनगढी । २४ भदाैकाे जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गरेर ध्वस्त बनाएकाे सुदूरपश्चिम प्रदेश सभाकाे भवन मर्मत सम्भार गरिएको छ ।

चार महिना लामाे समय लगाउँदै प्रदेश सभा सचिवालय बैठक सञ्चालन गर्नेगरी भवन मर्मत सम्भार गरिएको जनाइएको छ ।

भवन मर्मत सम्भार गर्दै कुर्सी, टेबुल, माइक तथा अन्य प्राविधिक उपकरण जडान गरेपछि जेनजी आन्दोलनपछि अवरुद्ध प्रदेश सभाकाे बैठक बस्ने भएको छ।

आइतबार बसेकाे कार्य व्यवस्था परामर्श समितिकाे बैठकले बुधबार दिउँसो २ बजेका लागि बैठक बाेलाउने निर्णय गरेकाे प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

उनकाअनुसार बैठकमा शून्य समयमा प्रदेश सभा सदस्यलाई बाेल्न समय दिने कार्यसूची तय गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गर्ने र सार्वजनिक लेखा समितिकाे प्रतिवेदन पेस गर्ने बैठककाे कार्यसूची रहेकाे सूचना अधिकारी जैशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?