+
+
Shares

सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गर्दै उद्योग वाणिज्य महासंघ

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघले १५ पुस, काठमाडौंमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गर्ने भएको छ।
  • संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता, नागरिक समाज र सञ्चार क्षेत्रको सहभागिता रहने छ।
  • संवादले राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखेको महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

१५ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ आयोजनामा बुधबार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।

संवाद मार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ ।

मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य सर्त भएको उल्लेख गर्दै देश विकास र समृद्धिका लागि साझा धारणा तय हुन सकोस् भन्ने उद्देश्य सहित महासंघले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गरेको महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

‘राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत दिशा र विश्वासयोग्य वातावरणविना लगानी सम्भव हुँदैन,’ अध्यक्ष ढकालले भने, ‘यही कारण महासंघले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण बनाउन यो पहल गरेको हो ।’

उनले निजी क्षेत्र मुलुकको समृद्धिको प्रमुख साझेदार भएको उल्लेख गर्दै युवापुस्ताको ऊर्जालाई उद्यम, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा जोड्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताए ।

संवादले सरकार, राजनीतिक, निजी क्षेत्र र युवाबीच विश्वास अभिवृद्धि गर्दै दीर्घकालीन आर्थिक विकासका लागि साझा कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा छ ।

महासंघले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न तथा निजी क्षेत्रको मनोबल उच्च राख्ने उद्देश्यले निरन्तर छलफल, अन्तर्क्रिया तथा पैरवी गर्दै आएको छ । सोही प्रयासको निरन्तरता स्वरूप महासंघले हालै ‘राष्ट्रिय आर्थिक बहस २.०’ सफलतापूर्वक सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?