News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउडको फिल्म 'एभेन्जर्स : डूम्स डे' को दोस्रो टिजर ट्रेलर क्रिस हेम्सवर्थको 'थोर' मा केन्द्रित भएर रिलिज भएको छ।
- टिजरमा थोरले आफ्नी धर्मपुत्र छोरी लभलाई सुरक्षित राख्न प्रार्थना गर्दै युद्धको आह्वानमा जवाफ दिइरहेको देखाइएको छ।
- फिल्म 'एभेन्जर्स : डूम्स डे' १८ डिसेम्बर २०२६ मा प्रदर्शन हुने तयारीमा छ र यसमा रोबर्ट डाउनी जूनियर लगायतका कलाकारहरू अभिनय गर्ने घोषणा गरिएको छ।
लस एन्जलस । हलिउडको बहुप्रतीक्षित “एभेन्जर्स : डुम्स डे’ को दोस्रो टिजर ट्रेलर रिलिज भएको छ, र यसपटक यो क्रिस हेम्सवर्थको ‘थोर’ मा केन्द्रित छ ।
अघिल्लो टिजरमा क्रिस इभान्सले निर्वाह गरेको लोकप्रिय सुपरहिरो चरित्र ‘क्याप्टेन अमेरिका’ लाई चित्रित गरिएको एक हप्ता पछि नयाँ टिजर आएको छ ।
पहिलो टिजरले क्याप्टेन अमेरिका मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा फर्किएको देखाइएको छ । रोचक रुपमा उनीसँग एक बच्चा भएको खुलासा पनि गरिएको छ ।
‘थोर’ को टिजरले उनको धर्मपुत्र छोरी, लभ (जसलाई सन् २०२२ को “थोर : लभ एण्ड थन्डर’ मा प्रस्तुत गरिएको थियो) लाई सुरक्षित राख्न प्रार्थना गरिरहेको देखिन्छ । सो क्रममा उसले फेरि एक पटक युद्धको आह्वानलाई जवाफ दिन्छ ।
यो टिजर क्याप्टेन अमेरिकाको टिजरको रमणीय फार्महाउस जस्तै घमाइलो, शान्त जंगलमा सुरु हुन्छ ।
“डूम्स डे’ मा रोबर्ट डाउनी जूनियरको डाक्टर डूमसँग एभेन्जर्समा सामेल हुने तयारी गर्दै गर्दा थोरले आफ्नो स्वर्गीय बुबा, नोर्स गड ओडिनलाई आफ्नी छोरीलाई सुरक्षित राख्नको लागि शक्तिको लागि प्रार्थना गर्छ ।
टिजरमा लभको छोटो झलक देखाइएको छ, जो “लभ एण्ड थन्डर’ मा भन्दा अलि हुर्केकी छिन् । क्याजुअल लुगा लगाएको थोरले छोरी ओछ्यानमा सुतिरहेको बेला उनको निधारमा चुम्बन गर्छन् र उनको न्यारेसन बजिरहन्छ ।
यस वर्षको सुरुमा हेम्सवर्थलाई “एभेन्जर्स : डूम्स डे’ मा धेरै अन्य मार्वल कलाकारसँग अभिनय गर्ने घोषणा गरिएको थियो ।
“एभेन्जर्स : डूम्स डे’ १८ डिसेम्बर, २०२६ मा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4