News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ मा ‘कान्तारा २’ नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ।
- ‘कान्तारा अ लिजेन्ड : च्याप्टर वन’ को नेपालमा कूल कमाइ १२ करोड ३६ लाख १७ हजार ९८५ नेरु ग्रस छ।
- बलिउडको ‘सैयारा’ दोस्रो र ‘धुरन्धर’ तेस्रो स्थानमा छन्, क्रमशः १० करोड २० लाख र ९ करोड ३५ लाख नेरु कमाएका छन्।
काठमाडौं । ‘कान्तारा २’ सन् २०२५ मा नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ । सिनेपाः बक्सअफिसमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्मको शीर्ष ५ को सूचीमा एकमात्र हलिउड फिल्म छ ।
सन् २०२२ को ब्लकबस्टर फिल्म ‘कान्तारा’ को प्रिक्वेल ‘कान्तारा अ लिजेन्ड : च्याप्टर वन’ को नेपालमा कूल कमाइ १२ करोड ३६ लाख १७ हजार ९८५ नेरु ग्रस छ । यसका ३ लाख ८३ हजार ४३९ वटा टिकट बिकेका छन् ।
सूचीको दोस्रो स्थानमा छ बलिउडको ‘सैयारा’ । अहान पाण्डे र अनित पड्डा स्टारर यो रोमान्टिक फिल्मको कूल कमाइ १० करोड २० लाख २८ हजार ७७४ नेरु ग्रस छ । यसका ३ लाख ३६ हजार ३६६ वटा टिकट बिकेका छन् ।
प्रदर्शनरत फिल्म ‘धुरन्धर’ तेस्रो स्थानमा छ । यसले बुधबार दिउँसोसम्म देशब्यापी ९ करोड ३५ लाख ५७ हजार ३१२ नेरु ग्रस कमाएको छ । यसका २ लाख ७८ हजार १३३ नेरु वटा टिकट बिकेका छन् ।
‘अवतार : फायर एन्ड यश’ सूचीको चौंथो स्थानमा छ । बुधबार दिउँसोसम्म यसले देशब्यापी ५ करोड २२ लाख ९३ हजार ७९६ नेरु ग्रस कमाएको छ ।
पाँचौं स्थानमा छ बलिउडको हाउसफूल ५ । यो फिल्मले देशब्यापी ४ करोड ९५ लाख ५ हजार २१६ नेरु ग्रस कमाएको छ । यसका कूल टिकट १ लाख ५९ हजार ३२२ वटा टिकट बिकेका छन् ।
प्रतिक्रिया 4