+
+
Shares

‘शान्ति, स्थायित्व र सहकार्य नेपालको भविष्यसँग गाँसिएको छ’

लगानीमैत्री आर्थिक नीति नहुँदा अहिलेको अवस्था आएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेश अग्रवालले शान्ति, स्थायित्व र सहकार्य नेपालको भविष्यसँग गाँसिएको बताएका छन्।
  • उनले लगानीमैत्री आर्थिक नीति नहुँदा अहिलेको अवस्था आएको र २५ सय युवा विदेशिनु युवा असन्तुष्टिको मुख्य कारण भएको बताए।
  • कमलेशले नीतिगत स्थायित्वले समृद्धि हासिल गर्न सहयोग पुग्ने र राजनीतिक स्थायित्वले संस्थागत सुशासन बलियो हुने उल्लेख गरे।

१६ पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेश अग्रवालले शान्ति, स्थायित्व र सहकार्य नेपालको भविष्यसँग गाँसिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको संवादमा उनले नेपाल भौगोलिक मानचित्रमा भौगोलिक सीमाले मात्र नचिनिएको भन्दै सहिष्णुता बोकेको मुलुक भएको बताए ।

‘लगानीमैत्री आर्थिक नीति नहुँदा अहिलेको अवस्था आएको हो,’ उनले भने । हरेक दिन २५ सय युवा विदेशिनु युवा असन्तुष्टिको मूल कारण भन्दै उनले निजी क्षेत्रको मनोबल उकास्न सुरक्षा प्रत्याभूति गराउन आवश्यक रहेको बताए ।

शान्ति भनेको केवल द्वन्द्व नहुनुमात्र नभई न्याय, समानता र समृद्धि पनि भएको बताए । ‘उद्योगीले लगानी गर्दा डर नभई अवसर पायो भने त्यो शान्ति हो,’ उनले भने, ‘नीतिको निरन्तरता शान्ति हो ।’

नीतिगत स्थायित्वबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने उनको भनाइ छ । ‘राजनीतिक स्थायित्वले संस्थागत सुशासन बलियो हुन्छ,’ उनले भने, ‘शान्ति, स्थिरता र समृद्धि परिपूरक भएको भन्दै उनले यसमध्ये कुनै एक पक्ष कमजोर हुँदा समग्र प्रक्रिया खल्बलिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?