+
+
Shares

बालबालिकाको गलत हर्कतले बनाउन सक्छ लज्जित, सुधार्ने ४ उपाय

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालबालिकाले चकचक गर्ने बानी बालसुलभ स्वभाव हो र अभिभावकले सानैदेखि नराम्रो व्यवहार निरुत्साहित गर्नुपर्छ।
  • नियम बनाउँदै बालबालिकालाई शिष्टाचार सिकाउनुपर्छ र राम्रो व्यवहारमा प्रशंसा गरेर उत्प्रेरित गर्नुपर्छ।
  • गलत व्यवहारको कारण खोजेर अभिभावकले आफ्नै व्यवहार सुधार्नुपर्छ र गाली कुटपिट गरेर सुधार्न खोज्नु ठिक होइन ।

हरेक बालबालिकाको बानी हुन्छ चकचक गर्ने । यो उनीहरूको बालसुलभ स्वभाव नै हो । कुनै कुरा पोख्ने, च्यात्ने, बिगार्ने यो सबैजसो बालबालिकाले कुनै न कुनै समयमा गरिरहेका हुन्छन् । त्यसमा पनि केही बच्चा धेरै नै चकचक गर्ने खालका हुन्छन् । कहिलेकाहीं कुनै पार्टीमा वा कोही आफन्तकहाँ गएका बेला बच्चाले बदमासी, गलत व्यवहारहरू गर्दा अभिभावक लज्जित हुनुपर्छ ।

अलि सानो हुँदा त उनीहरूले नबुझेर सो सबै गरिरहेका हुन्छ । तर कोही कुनै बच्चाहरू ८–१० वर्षको हुँदासम्म यस्ता बदमासीहरू गरेर अभिभावकलाई दुःख दिइरहेका हुन्छन्। अप्ठ्यारोमा पारिरहेका हुन्छन् । बच्चाले अरुका अगाडि खराब व्यवहार गरी अभिभावकलाई लज्जित बनाउन सक्छन् ।

यो समस्याबाट कसरी छुटकारा पाउने त ?

१.गतल हर्कतलाई सानैबाट निरुत्साहित गर्ने

बच्चाहरूले गर्ने व्यवहारमाथि सानै उमेरबाट अभिभावकले ख्याल राख्नुपर्छ । उनीहरूले गरेका नराम्रो काम र व्यवहारलाई यो नराम्रो काम हो, गर्नुहुँदैन भनेर सम्झाउने गर्नुपर्छ।

बच्चाले नराम्रो व्यवहार गरिरहँदा हास्ने, रमाइलो मान्ने, उसलाई उक्साउने गरियो भने उनीहरू त्यो गर्न झन जोसिन्छन् । अनि, यो बानी ठूलो हुँदासम्म रहिरहन्छ । बच्चाले नराम्रो हर्कत गर्न लाग्दा दुई–चार पटक त्यसलाई रोकियो भने उनीहरूले बुझ्नेछन् कि त्यो ठिक होइन ।

२.नियम बनाउने

कस्ता व्यक्तिको अगाडि कस्तो कुरा गर्ने, के बोल्न, के नबोल्ने, कस्तो व्यवहार गर्ने, उनीहरूलाई कसरी सम्बोधन गर्न, शिष्टाचारमा के ध्यान दिने भन्ने कुराको नियम बनाउनुपर्छ । सानैबाट यो सिकाउँदै जानुपर्छ । बच्चाले ती कुरा पालना गर्दा प्रशंसा गर्नुपर्छ, जसबाट उनीहरू उत्प्रेरित हुन्छन् ।

बच्चालाई सिकाएका व्यवहार अभिभावक आफैंले पनि पालना गर्दा उनीहरू राम्रो छाप बस्छ । निश्चित नियम बनाउँदा उनीहरू कुनै गतल व्यवहार गरेपछि अर्को पटकमा त्यसलाई सच्याउने मार्गमा लाग्छन् ।

३.कारण खोज्ने

बालबालिकाले बुझ्ने उमेर भइसकेर पनि, नराम्रो व्यवहारबारे सचेत गराइरहँदा पनि पटक–पटक त्यस खालका गल्ती गरिरहन्छन् भने त्यको कारण खोतल्नु राम्रो हुन्छ । कसैको रिस वा इखले पो त्यो गरिरहेको छ कि भनेर बुझ्नुपर्छ । कुनै गलत कुरा तथा व्यक्तिबाट प्रेरित भएर खराब व्यवहार देखाइरहेको हो कि पत्ता लगाउनुपर्छ ।

अभिभावकै व्यवहारले पनि उनीहरू चिडिएर नराम्रा हर्कत गरिरहने पनि हुनसक्छ । त्यो हो भने अभिभावक आफैँले बानी सुधार्नुपर्छ ।

४.गाली वा कुटपिटमा केन्द्रित नहुने

यदी कोही बच्चाले कुनै बदमासी गर्‍यो वा खराब व्यवहार देखायो भने तह नलागेको भन्ने अर्थ लगाइन्छ । यसलाई कुटाइ वा गाली नपुगेको भन्ने गरिन्छ । तर प्रायः नतिजा सोचे भन्दा उल्टो देखिन्छ ।  हामीले समुदायमा नियाल्ने हो भने अभिभावकको धेरै गाली र कुटाइ खाइरहने बालबालिकालाई धेरै जिद्दी र बदमास भएको पाउँछौँ ।

कारण के हो भने उनीहरूलाई यस्ता कुरामा बानी परिसकेको हुन्छ। अरूले आफूलाई जस्तो व्यवहार गर्छन् आफूले पनि यस्तै प्रतिक्रिया देखाउनुपर्छ भन्ने धारणा उनीहरूको मनमा बसिकेको हुन्छ । बालबालिकालाई सकारात्मक व्यवहार गर्ने, उनीहरूलाई राम्रो सँग सुन्ने र आफैँ जिम्मेवार बनाउने कुरामा केन्द्रित हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?