१७ पुस, काठमाडौं । उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ ।
थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले पुन: प्रदर्शन गरेका हुन् ।
यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै आएका छन् । हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो ।
सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गर्दै आएको थियो ।
सरोकारवालाहरुले समाजको मनोविज्ञान नबुझी धर्म, संस्कृति, सभ्यता र पहिचान माथि कठोर र निर्मम तरिकाबाट प्रहार भएको आरोप लगाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4