+
+
Shares

कुरिलो किलोको २ हजार

हिजो बुधबारको तुलनामा आज बिहीबार कुरिलो प्रतिकिलो थोकमा औसत २ सय रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कुरिलोको होलसेल भाउ प्रतिकिलो २ हजार रुपैयाँसम्म पुगेको जनाएको छ।
  • बिहीबार कुरिलोको न्यूनतम भाउ प्रतिकिलो १ हजार ७ सयदेखि अधिकतम २ हजार रुपैयाँ र औसत १ हजार ८ सय ५० रुपैयाँ रहेको छ।
  • व्यवसायीहरूले बेमौसमी तरकारी भएकाले कुरिलोको भाउ बढेको बताएका छन्।

१७ पुस, काठमाडौं । स्थानीय बजारमा कुरिलोको भाउ होलसेल (थोक) मै किलोको २ हजार रुपैयाँसम्म पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि निर्धारण गरेको मूल्यसूचीले कुरिलोको होलसेल भाउ बढेको देखाएको हो ।

हिजो बुधबारको तुलनामा आज बिहीबार कुरिलो प्रतिकिलो थोकमा औसत २ सय रुपैयाँ बढेको छ ।

हिजो बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजारदेखि अधिकतम १ हजार १ सय र औसत १ हजार ६ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

आज बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजार ७ सयदेखि अधिकतम २ हजार र औसत १ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

पुस पहिलो साता भने कुरिलो न्यूनतम १ हजार ५ सयदेखि अधिकतम १ हजार ८ सय र औसत १ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

कुरिलोको सिजन विशेषगरी वैशाख, जेठ र असारमा प्रतिकिलो ३ देखि ४ सय रुपैयाँमा किन्न पाइन्छ । अहिले बेमौसमी तरकारी भएकाले कुरिलोको भाउ बढेको व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?