काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता रामप्रसाद सापकोटा (दीपशिखा) लगायतले समेत साथ दिएका छन् ।
सापकोटाले भनेका छन्, ‘लालपुर्जा भएको आफ्नै जग्गामा शरणार्थी बन्नुपर्ने अवस्था कहिलेसम्म ? सर्वोच्चको २० मिटर थप मापदण्डले ५ लाख नागरिकको उठीबास लगाउँदैछ । यो निर्णयले धार्मिक सम्पदा र जनताको थातथलो दुवैलाई संकटमा पारेको छ । अव्यवहारिक मापदण्ड खारेज गरी जनताको सम्पत्तिको अधिकार सुनिश्चित गरियोस् । निर्णय पुनरावलोकन होस् !’
‘गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समिति’ को ब्यानरमा सडकमा आएका प्रदर्शनकारीले ‘फैसला होइन न्याय देऊ’ र ‘मापदण्डका नाममा जनता विस्थापित गर्न पाइँदैन’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
यो मापदण्डले खोला किनारका वर्षौंदेखि बसोबास गरिरहेका स्थानीय बासिन्दाको उठिबास लाग्ने उनीहरूको भनाइ छ ।
यसअघि सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटर क्षेत्रमा निर्माण कार्य रोक्न आदेश दिएको थियो ।
प्रतिक्रिया 4