+
+
Shares

जनमत पार्टीले मनायो धोती दिवस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १५:५०

१७ पुस, काठमाडौं । डा. चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ ।

बिहीवार अंग्रेजी नयाँ वर्षको अवसर पारेर राष्ट्रिय पोशाक एवं धोती दिवस मनाएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माईतीघर मण्डलामा भेला भएका थिए ।

कार्यक्रममा सहभागीहरूले ‘धोती/टोपी एक हौं, धोती हाम्रो गर्व हो, मधेशको पहिचान हो’ जस्ता नारा लगाएका थिए ।

जनमत पार्टीले धोतीलाई मधेसी समुदायको सांस्कृतिक धरोहरको रूपमा उजागर गर्दै पहाडी समुदायबाट मधेसीमाथि हुने दुर्व्यवहारको विरोधमा यो दिवस मनाएको जनाएको छ ।

पार्टीले यसअघि नै सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो । यो कार्यक्रमले नेपालको बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश दिएको पार्टीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?