+
+
Shares

रमेश लेखकको स्थान हद फुकुवा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १६:४८

१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।

बुधबार पुरक बयानलिएसँगै आयोगले उनीविरुद्धको स्थान हद फुकुवा गरेको हो । आयोगले बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरेको जानकारी गराइसकेको छ ।

गत असोज १२ गते बसेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?