+
+
Shares

७५ जेनजी लेखकको कथा, कविता र निबन्ध छाप्दै नेपालय

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालय पब्लिकेसनले २५ वर्षमुनिका ७५ युवा लेखकका कथा, कविता र निबन्ध विधामा रचना प्रकाशन गर्ने भएको छ।

नेपालय पब्लिकेसनले २५ वर्षमुनिका ७५ लेखकका रचना प्रकाशन गर्ने भएको छ । कथा, कविता र निबन्ध विधामा २५–२५ जना नयाँ लेखकलाई समेट्दै नेपालयले पुस्तक प्रकाशन गर्न लागेको हो । नेपालयका सम्पादक विमल आचार्यका अनुसार यस वर्षको सुरुमा युवा लेखकहरूबाट लेख रचना आह्वान गरिएको थियो । जसमा ६०० भन्दा बढी लेखकले संसारभरिबाट सहभागिता जनाएको उनले जानकारी दिए ।

प्रकाशन गृहले तीन विधाका उत्कृष्ट रचना छनोट गर्न कवि श्रवण मुकारुङ, आख्यानकार नारायण वाग्ले र लेखक भूषिता वशिष्ठ सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले समसामयिक चेतना, शिल्प, भाषा र मौलिकताको आधारमा ७५ रचना छनोट गरेको सम्पादक आचार्यको भनाइ छ ।

त्यस्तै नेपालयले यस परियोजनामा भाषिक स्वतन्त्रतालाई पनि महत्व दिएको उनले बताए । लेखकले जुन भाषामा रचना लेखेका छन्, पुस्तकमा त्यही भाषामा छापिनेछ । नयाँ पुस्ता के सोच्दैछ, के चाहन्छ र कसरी लेख्छ भन्ने अनुभूति दिलाउन यो पहल गरिएको बताइएको छ । साथै रचनाको गुणस्तरकै आधारमा झन्डै ४० प्रतिशत महिला लेखक छनोट भएको पनि बताए ।

कथा विधामा अजय कार्की, अनिता धिताल, अमित भट्टराई, आर्य अधिकारी, ईशान ढकाल, उमेश कार्की, कृतिशा अमात्य, तेजकुमार राई, दानबहादुर बुढा, दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, नुमा थाम्सुहाङ, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मुधुसुदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइटेल छानिएका छन् ।

यसैगरी कविता विधामा अनिता तिवारी, अनुपा गैरे, आर्या निरौला, उत्सव आचार्य, उषा लिम्बू, कम्मान रावल, गायत्री नेपाल, गौरव न्यौपाने, जोनसन श्रेष्ठ, डोल्मा लामा, तीर्थराज विश्वकर्मा, दुर्गा खतिवडा, नवीन नेपाली, नारन न्यौपाने, प्रज्वल वि.क., प्रदीप योङ्हाङ्, प्रिशा शशी लेखक, युक्ता सुनुवार, रसिला धमला, श्रव्य आरिया, समृद्ध हमाल, सुजता बस्याल, सुदर्शन प्रकाश खड्का, सुरङ्गा सेढाई र स्पन्दन झा छानिएका छन् ।

निबन्धमा भने अनुकृत लामिछाने, अनुष्का लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कबिन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञासा सोनम, धिरजप्रताप मल्ल ठकुरी, परिमलप्रकाश नेपाल, भूमिका थारु, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन सङ्ग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बास्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्ष छानिएका छन् ।

अब छानिएका रचनालाई समेटेर पब्लिकेसन नेपालयले कथा, कविता र निबन्ध विधामा अलग–अलग तीन पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?