१७ पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीमा पिकनिक खाएर फर्किँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सिन्धुलीको कमलामाई-८ माइस्थान स्थित बीपी राजमार्गमा माइस्थानबाट जनकपुर तर्फ जाँदै गरेको म.प्र.०४-००१ च ०१५२ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ट्रकमा सवार १५ जना घाइते भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
घाइतेलाई उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4