News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘खुश्मा’ को पाश्र्वगीत ‘रुकुम मैकोट’ युट्युबमा सबैभन्दा धेरै हेरिने दोस्रो नेपाली गीत बनेको छ।
- यो गीतले १६ महिनामा १६ करोड ४० लाखभन्दा धेरै भ्यूज प्राप्त गरेको छ।
- ‘माया लुकी लुकी’ गीतलाई दोस्रो स्थानबाट तेस्रो स्थानमा धकेलिएको छ।
काठमाडौं । फिल्म ‘खुश्मा’ मा समावेश पाश्र्वगीत ‘रुकुम मैकोट’ युट्युबमा सबैभन्दा धेरै हेरिने दोस्रो नेपाली गीत बनेको छ । १६ महिनाको अवधिमा यो गीतले १ जनवरी, २०२६ सम्म १६ करोड ४० लाखभन्दा धेरै भ्यूज प्राप्त गरेको छ ।
यसअघि धेरै हेरिने दोस्रो स्थानमा टीका प्रसाईंको गीत ‘माया लुकी लुकी’ थियो । ७ वर्षअघि सार्वजनिक यो गीतलाई १६ करोड ३८ लाख ५१ हजारभन्दा बढीपटक हेरिएको छ । ‘माया लुकी लुकी’ तेस्रो स्थानमा धकेलिएको छ ।
‘रूकुम मैकोट’ का शब्द सुरेन्द्र रानाका हुन् भने संगीत निर्देशक एसडी योगी र संगीत निर्माता रिकेश गुरूङ हुन् । यसको भिडियोमा फिल्मका शीर्ष कलाकार धीरज मगर र उपासना सिंह ठकुरीको नृत्य छ ।
‘माया लुकी लुकी’ टीका प्रसाईंले कार्टुन्ज क्रूको सहकार्यमा ल्याएकी थिइन् । यसको शब्द आनन्द अधिकारीको हो भने संगीत र एरेन्ज आशिष अविरलको छ । भिडियोमा कार्टुन्ज क्रूका सरोज अधिकारी र आश्मा विश्वकर्मा छन् ।
युट्युबमा अहिलेसम्म सबभन्दा धेरै हेरिने नेपाली गीत भने ८ वर्षअघि सार्वजनिक ’कुटुमा कुटु’ हो । यसलाई अहिलेसम्म युट्युबमा २३ करोड १० लाखभन्दा बढीपटक हेरिएको छ ।
कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीको स्वर रहेको ‘साली मनपर्यो’, दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ लाई पनि १५ करोडभन्दा धेरैपटक हेरिएको छ ।
प्रतिक्रिया 4