+
+
Shares

गगन-विश्वलाई सुजाताको सुझाव : मिलेरै अघि बढ्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १४:५९

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मिलेर अघि बढ्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरेकी छिन् ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

‘मेरो सुझाव उहाँहरू मिलेर जानुपर्छ । उहाँहरू पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ । मिलेरै जाँदा उहाँहरूको हाइट बढ्छ,’ उनले भनिन् ।

अहिले विषम परिस्थितिको बेला भएको भन्दै संस्थापन र इतर भन्ने बेला नभएको पनि उनको भनाइ थियो ।

‘अहिले यो क्राइसकको बेलामा संस्थापन पक्ष र विपक्ष भन्ने बेला छैन नि,’ कोइरालाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?