News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूची पेस गरेका दलको चुनाव चिह्न मात्रै मतपत्रमा राख्ने व्यवस्था गरेको छ।
- आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा ६४ दलले ५८ वटा चुनाव चिह्नमा चुनाव लड्ने गरी बन्दसूची आयोगमा पेश गरेका छन्।
- समानुपातिकतर्फ १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी बन्दसूची बुझाएका छन्।
१८ पुस, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ ।
विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ९३ वटा चुनाव चिह्नमा १०० दलले चुनाव लड्ने भनेर दल दर्ता गरेका थिए ।
समानुपातिक तर्फको बन्दसूची बुझाउँदा यो संख्या घटेको छ । ६४ दलले ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्ने गरी सूची निर्वाचन आयोगका पेश गरेका छन् । १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी समानुपातिक तर्फको बन्दसूची बुझाएका हुन् ।
यसरी यसपटक समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न हुनेछ ।
प्रतिक्रिया 4