+
+
Shares

कांग्रेस दोलखा सभापति बर्मा लामा भन्छन्- ‘संकल्प सम्मेलन’ मार्फत निकास खोजौं  

नियमित महाधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुटेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘संकल्प सम्मेलन’ मार्फत निकास खोज्न उपयुक्त हुने सुझाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:३९

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विषयमा रस्साकस्सी चलिरहेका बेला दोलखा सभापति बर्मा लामाले ‘संकल्प सम्मेलन’ मार्फत निकास खोज्न उपयुक्त हुने सुझाएका छन् ।

नियमित महाधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुटेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘संकल्प सम्मेलन’ मार्फत निकास खोज्न उपयुक्त हुने सुझाएका हुन् ।

राष्ट्रिय समस्याको समाधानको उपायहरूको खोजी गरेर सुधारिएको कांग्रेस, नवीन सोचको साथ एक भएर अगाडि बढ्ने कांग्रेस, सुध्रेको नेता, विधि पद्धतिमा चल्ने कांग्रेस, अतिवादी सोचाइमुक्त कांग्रेस निर्माणका निमित्त पार्टीका जिल्ला तथा प्रदेशको सभापति, केन्द्रीय कार्यसमितिको सहभागीतामा ‘संकल्प सम्मेलन’ मार्फत निकास खोज्नु उपयुक्त हुने सभापति लामाको भनाइ छ ।

२१ फागुनमा निर्वाचन नहुने भए माघभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै उनले देश र पार्टीमा आइपरेको समस्याको समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘निर्वाचन हुने नै हो भने निर्वाचन हुने टुङ्गो भएको अवस्थामा नढाँटी नेताहरूले भन्नुपर्छ महाधिवेशन हुन सक्दैन र गर्नु हुँदैन पनि,’ जिल्ला सभापति लामाले लेखेका छन्, ‘किनभने महाधिवेशनको तिक्तताको कारणले निर्वाचनमा अवश्यमेवा असर पर्ने छ । निर्वाचन पछि तत्काल महाधिवेशन गर्ने व्यवस्था मिलाउनु पर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?