१८ पुस, काठमाडौं । नेकपा एमाले म्याग्दीबाट २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि विद्यार्थी नेता प्रकाश पौडेलसहित ५ जनाको नाम सिफारिस भएको छ ।
जिल्ला कमिटी म्याग्दीको शुक्रबार बसेको बैठकले विद्यार्थी नेता पौडेलसहित हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी, बलादेवी राई र पशुपति शाहीलाई प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो ।
गत जेठमा भएको अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनमा पौडेल अध्यक्षका प्रत्यासी थिए । पौडेल सुजन कडरियासँग ७ मतले मात्रै अध्यक्षमा पराजित भएका थिए ।
उम्मेदवार सिफारिसमा परेका श्रेष्ठ एमालेका केन्द्रीय सदस्य हुन् भने सुवेदी एमाले म्याग्दी अध्यक्ष हुन् ।
यसैगरी राई जिफन्टकी केन्द्रीय सचिव हुन् भने शाही अनेमसंघ म्याग्दी उपाध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4