+
+
Shares

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा १९ सामाजिक कार्यक्रम घोषणा

बैंकले गत वर्ष १८औं वार्षिकोत्सवका अवसरमा मानवीय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले १९औं वार्षिकोत्सवमा १९ वटा सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
  • बैंकले सात प्रदेशमा १४ नि:शुल्क महिला स्वास्थ्य शिविर र सात स्थानमा आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ।
  • शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र आयआर्जन अभिवृद्धि कार्यक्रम गरी गरिब तथा न्यून आय भएका समुदायलाई लक्षित गरिनेछ।

१८ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंकले १९औं वार्षिकोत्सव लक्षित गर्दै १९ वटा सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रभावकारी काम गर्ने घोषणा गरेको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानवीय सहयोग, आयआर्जन अभिवृद्धि प्राथमिकता दिँदै दुर्गम क्षेत्र, गरिब, विपन्न तथा न्यून आय भएका समुदाय लक्षित गरी यी कार्यक्रम देशव्यापी सञ्चालन गर्ने भएको हो ।

बैंकले गत वर्ष १८औं वार्षिकोत्सवका अवसरमा मानवीय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो ।

साथै, १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभरि १८ हजार बिरुवा रोप्ने काम समेत गरेको थियो । गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाको सहकार्यमा वातावरण संरक्षण, जीविकोपार्जन तथा आयआर्जनमा उपयोगी करिब २१ हजार विरुवा रोपेको थियो ।

बैंकले यसपालि गर्ने भनेको १९ कार्यक्रममध्ये ग्लोबल आईएमई स्वस्थ नारी पहल एक महत्त्वपूर्ण रहेको बैंकले जनाएको छ । जसअन्तर्गत बैंकले सात वटै प्रदेशमा १४ नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने छ । शिविरमा स्त्रीरोग विशेषज्ञले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवा प्रदान गरिने छ ।

यसरी शिविरका क्रममा प्रारम्भिक अवस्थामा पत्ता लागेका तथा गम्भीर बिरामी महिलाको शल्यक्रिया उपचार दोस्रो चरणमा समेत गरिने छ । पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिला लाभान्वित भइसकेका छन् ।

त्यसैगरी बैंकले सात प्रदेशका सात स्थानमा बृहत आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्ने छ । साथै, बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ५ सय गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीको आखाँ जाँच गरी आवश्यक चस्मा नि:शुल्क वितरण गर्ने छ ।

जटिल तथा दीर्घ रोगका विरामीहरुको उपाचारको लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा बैंकले जटिल रोगको उपचारमा निश्चित रकम सहयोग प्रदान गरिने बैंकले जनाएको छ ।

शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेन्दार छात्रालाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । पाँच वर्षमा १ सय ४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ छात्रामा विस्तार हुनेछ ।

दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, १ हजार विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण जस्ता कार्यक्रम पनि समावेश छन् ।

त्यसैगरी बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमफिल तथा पीएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिने बैंकले जनाएको छ ।

वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कुल कार्यक्रम अन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिने छ । स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिने बैंकले जनाएको छ ।

रक्तदान कार्यक्रम मुख्य सहरमा आयोजना गरिने छ भने आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गर्ने बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदाय तथा विद्यालयमा खेलकुद सामग्री वितरण गर्ने छ । साथै, बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने छ ।

बैंकले हाल ३ सय ५२ शाखा, ३ सय ८४ एटीएम, १ सय ५० शाखारहित, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर एवं ३  वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?