+
+
Shares

सञ्चारकर्मी यात्री ‘ए स्टार मोर्गेजेज’को ब्राण्ड एम्ब्यासडरमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १:५६

काठमाडौँ । बेलायतस्थित कम्पनी, ए स्टार मोर्गेजेजले टेलिभिजन प्रस्तोता टीकाराम यात्रीलाई आफ्नो कम्पनीको ‘ब्राण्ड एम्ब्यासडर’ नियुक्त गरेको छ।

पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा आयोजित एक विशेष समारोहमा उक्त कम्पनीका प्रबन्ध निर्देशक मिन दर्लामी तथा यात्री मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक टीकाराम यात्रीले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

‘नेपालका लोकप्रिय टेलिभिजन पत्रकार तथा संचारकर्मी टीकाराम यात्रीलाई हाम्रो कम्पनीको ब्राण्ड एम्ब्यासडर’ नियुक्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। हामी उहाँको व्यक्तित्व, शालीनता र व्यावसायिकताको प्रशंसा गर्दछौं र उहाँसंग सहकार्य गर्न पाउँदा उत्साहित छौं,’ ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मीन दर्लामीले भने ।

यात्रीले बेलायतस्थित नेपाली व्यवसायीले प्रवर्द्धन गरेको प्रतिष्ठित कम्पनी ए स्टार मोर्गेजेजसंग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आफुलाई यो जिम्मेवारी दिएकोमा ए स्टार मोर्गेजेजलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘अहिले संसार ग्लोबल भिलेज बन्दै गएको छ। नेपाल बाहिर प्रवासी नेपालीले गरेको प्रगति हाम्रालागि पनि गौरवको कुरा हो। तपाईंको प्रगतिमा साझेदारी गर्न हामी सधै तत्पर छौं’उनले भने ।

ए स्टार फाइनान्सियल सलुशन कम्पनी तथा ए स्टार मोर्गेजेजले गएको १४ वर्षदेखि नेपाली लगायत अन्य समुदायलाई मोर्गेजेज, रियल एस्टेट, बीमा, पेन्सन, इन्भेस्टमेन्ट, इच्छापत्र र एस्टेट प्लानिंग सम्बन्धी सुझाव तथा सल्लाह प्रदान गर्दै आएका छन्। साथै, ए स्टार मोर्गेजेजले रि – फाइनान्सिंग, बाइ -टु-लेट मोर्गेज तथा इक्विटी पुन:निवेशमार्फत आफ्नो सम्पत्ति पोर्टफोलियो विस्तार गर्न पनि परामर्श प्रदान गर्दै आएको छ। संस्थाले अहिलेसम्म चार हजार भन्दा बढी सेवाग्राहीलाई सेवा दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?