+
+
Shares

विशेष महाधिवेशन रोक्दा हुने दुर्घटनाको जिम्मेवार नेतृत्व हुन्छ : गुरूराज घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १९ गते १०:४२

१९ पुस, काठमाडां । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले विशेष महाधिवेशन रोक्न जबर्जस्ती गरिए हुनसक्ने राजनीतिक दुर्घटनाको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिले पूर्वनिर्धारित नियमित महाधिवेशन आगामी वैशाखका लागि सारेपछि उनले विशेष महाधिवेशन रोक्न जबर्जस्ती गरिए हुनसक्ने राजनीतिक दुर्घटनाको जिम्मेवार नेतृत्व हुने बताएका हुन् ।

‘विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न सक्तैन,’ विशेषका लागि देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्नेमध्येमा पर्ने नेता घिमिरेले शनिबार फेसबुकमा लेखेका छन्, ‘जबरजस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुनेछ ।’

कांग्रेसले ७५ वर्ष अघि हुकुमी शासनको अन्त्य गरेको स्मरण गर्दै उनले अहिले कांग्रेस भित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको टिप्पणी गरेका छन् । ‘नेता सरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरूलाई रैती, पार्टीलाई निजी जमिन्दारी र घरेलु मामिला ठान्ने प्रवृति सर्वथा निन्दनीय छ,’ घिमिरेले भनेका छन् ।

नेता घिमिरेले वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई एकढिक्का बनाउँदै अघि बढ्न विशेष महाधिवेशनको मागलाई सम्बोधन गरेरमात्र अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?