News Summary
Generated by OK AI. Editorially reviewed.- तमिल सुपरस्टार विजयको अन्तिम फिल्म 'जन नायकन' को ट्रेलर सार्वजनिक भएको छ।
- विजयले यो फिल्मपछि राजनीतिक करिअर अघि बढाउने घोषणा गरिसकेका छन्।
- फिल्म जनवरी ९, २०२६ मा रिलिज हुने तयारीमा छ र यसमा पूजा हेगडे, बबी देओल लगायतका कलाकार छन्।
मुम्बई । तमिल सुपरस्टार विजयको आगामी एक्सन फिल्म ‘जन नायकन’ को ट्रेलर सार्वजनिक भएको छ । यसलाई उनको सिनेमा करिअरको अन्तिम फिल्म बताइएको छ ।
यो फिल्मपछि राजनीतिक करिअर अघि बढाउने घोषणा विजयले गतसाता गरिसकेका छन् । यो फिल्मलाई वालिमाई र थुनिवु फेमका एच विनोथले निर्देशन गरेका छन् ।
प्रशस्तै एक्सन दृश्य समावेश गरिएको फिल्ममा विजयले आफ्ना राजनीतिक दृष्टिकोणलाई कथावस्तुको रुपमा राखेका छन् । धेरै राजनीतिक विम्व फिल्ममा समावेश गरिएको जनाइएको छ ।
फिल्ममा पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियमणि, नारायण, गौतम वासुदेव मेनन र ममिता बैजु पनि प्रमुख भूमिकामा छन् । यो फिल्म जनवरी ९, २०२६ मा हलमा रिलिज हुने तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4