२० पुस, बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही-२ मा नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ ।
पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही-२ बाट जित्दै आएका छन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रुपन्देही-२ मा विष्णु पौडेललाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत निर्णय भएको बताए ।
जिल्लाका अन्य चार वटा क्षेत्रको भने निर्णय हुन बाँकी रहेको गैरेले बताए । २०७९ अघिका निर्वाचनमा भारी मतान्तरले जित्दै आएका पौडेल पछिल्लो चुनावमा भने रास्वपा का गणेश पौडेलसँग १५०० मतान्तरले मात्रै विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4