२० पुस, जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले एमाले र कांग्रेस मिलेरै चुनाव लड्न सक्ने बताएका छन् ।
आज बिहान जनकपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले देशको परिस्थिति अनुसार कांग्रेससँग मिलेर चुनाव लड्न असम्भव नरहेको बताए ।
कांग्रेससँग गठबन्धन बनाएर चुनावमा जान लागेको हो ? सञ्चारकर्मीको जिज्ञासामा उनले जवाफ दिँदै भने, ‘देशमा पछिल्लो समय भइरहेको षड्यन्त्र विरुद्धमा गठबन्धनको कुरा राजनीतिमा असम्भव होइन । हुनसक्छ भोलि कांग्रेस–एमालेसँगै चुनाव लड्न सक्छ ।’
देश, संविधान, गणतन्त्र र संघीयताको रक्षाको लागि कांग्रेस एमाले गठबन्धन हुन सक्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4