News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाकी आमा मिटु बासकोटाको आइतबार बिहान उपचारको क्रममा निधन भएको छ।
- मिटु बासकोटा १०६ वर्षकी थिइन् र उनको आजै अन्त्येष्टि गरिनेछ।
- शम्भुजीतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो...।’
काठमाडौँ । वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई मातृशोक परेको छ । उनकी आमा मिटु बासकोटाको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।
१०६ वर्षकी मिटुको स्वास्थ्यमा केही समस्या देखिएपछि चावहिलस्थित ओम अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । मिटुको आजै अन्त्येष्टि गरिनेछ । मिटुका एक छोरा शम्भुजीत र ३ छोरी छन् ।
आमाको शोकमा शम्भुजीतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो…।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4