२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट थपिने भएको छ । बालेन र कुलमानलाई रास्वपासँग मिलाउनका लागि सक्रिय एक नेताका अनुसार महामन्त्री पदमा बालेन पक्षबाट थपिने निश्चित गरिएको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीका पद थप्ने निर्णय गरेको छ । सहमहामन्त्री र सहप्रवक्ता १/१ जना थप्ने निर्णय भएको छ ।
रास्वपा स्रोतका अनुसार सहमहामन्त्री र सहप्रवक्तामा दुई जना उज्यालो नेपाल पार्टी पक्षका राखिने भएको छ ।
बालेन पक्षले प्राप्त गर्ने महामन्त्री र कुलमान पक्षबाट हुने सहमहामन्त्री र सहप्रवक्तामा कुन व्यक्ति हुनेबारे निश्चित भई नसकेको जानकारी गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4