+

जगजित श्रेष्ठले सातदोबाटोबाट खेल्ने

२०८२ पुष  २१ गते ११:१७ २०८२ पुष २१ गते ११:१७
जगजित श्रेष्ठले सातदोबाटोबाट खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वखेलाडी जगजित श्रेष्ठले आगामी राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लबबाट खेल्ने भएका छन्।
  • जगजितले एक दशकदेखि सेमि प्रोफेसनल लिग खेल्दै आएका छन् र ए डिभिजनमा त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए।
  • सातदोबाटो क्लबका अध्यक्ष कपिल राना मगरले जगजितलाई अनुबन्ध गरिएको र उनी बुधबार नेपाल आइपुग्ने बताएका छन्।

२१ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी जगजित श्रेष्ठले आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबबाट खेल्ने भएका छन् ।

पछिल्लो समय अस्ट्रेलियामा बसोबास गर्दै आएका जगजितले एक दशकदेखि सेमि प्रोफेसनल लिग खेल्दै आएका छन् । उनले यसअघि ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए ।

जगजितलाई राष्ट्रिय लिगभरिका लागि अनुबन्ध गरिएको क्लबका अध्यक्ष कपिल राना मगरले जनाएका छन् । उनी बुधबार नेपाल आइपुग्ने छन् ।

यसअघि सातदोबाटोले बालगोपाल साहुखललाई प्रशिक्षक नियुक्त गरेको छ भने विभिन्न अनुभवी खेलाडीहरू पनि अनुबन्ध गरेको छ ।

बालगोपाल साहुखल सातदोबाटो युथ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय