२१ पुस, काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक र गाँजा रिसिभ गर्न आएका अर्का दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३० वर्षीय पदला भनिने भीरा भेन्कता सुब्रमन्यम, अब्दुल राहुफ र यासिन अब्दुल्ला छन् ।
पदला १ किलो ५३० ग्राम गाँजासहित विमानस्थलको आवगमन टनेलबाट पक्राउ गरिएको हो । उनी थाई एयरको उडानमार्फत बैककबाट काठमाडौं आएका थिए ।
उनले ल्याएको गाँजा रिसिभ गर्न आएका अब्दुल र यासिन पनि समातिएका हुन् । तीनै जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4