News Summary
Generated by OK AI. Editorially reviewed.- इन्दिरा आईभीएफले स्थापनाको २ वर्षमा १ हजारलाई सेवा दिइसकेको छ र ५ सयले अभिभावकत्वको खुसी पाएको छ।
- इन्दिरा आईभीएफले फर्टिलिटी केयर सहज बनाउन र बाँझोपनबारे खुला संवाद प्रोत्साहन गर्न स्थापना भएको सीईओ क्षितिज मुर्दियाले बताए।
- निर्देशक श्रीनिवास मदाबुसीले नेपालभर थप स्थानमा सेवा विस्तार गर्ने योजना रहेको र उमेश अग्रवालले पहुँच कार्यक्रममार्फत नयाँ जोडीलाई सेवा पुगेको सुनाए।
२१ पुस, काठमाडौं । इन्दिरा आईभीएफले स्थापनाको २ वर्ष अवधिमै १ हजारलाई सेवा दिएको छ । दुई वर्षमै शिविर सञ्चालन तथा परामर्शबाट १ हजारलाई सेवा दिइएको जनाएको छ । त्यस्तै यो अवधिमा ५ सयलाई अभिभावकत्वको खुसी दिलाइएको इन्दिरा आईभीएफले जनाएको छ ।
यस आईभीएफ सेन्टरले दोस्रो स्थापना दिवस विशेष समारोहका साथ मनाएको छ । कार्यक्रममा आईभीएफका निर्देशक श्रीनिवास मदाबुसी र उमेश अग्रवाल, केन्द्र प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा. नेहा हुमागाईं, तथा स्त्रीरोग विशेषज्ञ डा. मनीषा आचार्य, डा. ज्योति श्रेष्ठ र डा. पंकज प्रताप देवको पनि सहभागिता थियो । साथै अन्य चिकित्सक, साझेदारहरू तथा केन्द्रसँग सम्बन्धित परिवारको सहभागिता थियो ।
फर्टिलिटी केयरलाई सहज पहुँचयोग्य बनाउने र बाँझोपनबारे खुला तथा जानकारीपूर्ण संवादलाई प्रोत्साहन गर्ने उद्देश्यले इन्दिरा आईभीएफ सञ्चालनमा आएको सीईओ क्षितिज मुर्दियाले बताए । त्यस्तै निर्देशक श्रीनिवास मदाबुसीले नेपालभर थप स्थानहरूमा सेवा विस्तार गर्ने योजना रहेको बताए । अर्का निर्देशक उमेश अग्रवालले पहुँच कार्यक्रममार्फत धेरै जोडीहरूले पहिलो पटक फर्टिलिटी चिकित्सकलाई भेटेको अनुभव सुनाए ।
केन्द्र प्रमुख डा. नेहा हुमागाईँले दुई वर्षमा परिवारहरूको अनुहारमा देखिएको मुस्कान नै क्लिनिकको सबैभन्दा ठूलो खुसी भएको बताइन् । डा. मनीषा आचार्यले चिकित्सकदेखि सहयोगी कर्मचारीसम्मको दयालुता बिरामीहरूले सबैभन्दा बढी सम्झने कुरा भएको उल्लेख गरिन् ।
प्रतिक्रिया 4