+
+
Shares

रुकुम पूर्वको टेलिफोन र इन्टरनेट समस्याबारे सञ्चारमन्त्रीलाई ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १८:१८

२१ पुस, रुकुमपूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठसहितका स्थानीय नेता कार्यकर्ताले सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलसँग भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा पुगेर उनीहरूले सञ्चारमन्त्री खरेललाई भेट गरेका हुन् ।

सो क्रममा उनीहरूले सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाकामा देखिएको इन्टरनेट एवं टेलिफोन समस्याबारे समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।

​टोलीले मन्त्री खरेललाई जिल्लाको भौगोलिक अवस्था र सञ्चार अभावका कारण जनताले भोग्नुपरेको सास्तीबारे ध्यानाकर्षण गराएको थियो । ​​भूमे गाउँपालिका वडा नं. – २ बोप्पा र साविकको मोराबाङ ,​काक्री क्षेत्र ,​भूमे ६ र ७ को सिमाना: रिसाल र भुलबाङ, वडा न. १ यमडाँडा लगायतका आसपासका क्षेत्रहरूको ​समस्याबारे उनीहरूले मन्त्री खरेलको ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा मन्त्री खरेलले तत्काल प्रक्रिया अगाडि बढाउन र प्राविधिक अध्ययन गरी काम सुरु गर्न नेपाल टेलिकमलाई पत्राचार गरिसकिएको जानकारी दिए ।

‘अबको युगमा पनि सञ्चार सेवाबाट वञ्चित रहनुपर्ने अवस्था दु:खद छ। रुकुम पूर्वका यी क्षेत्रमा छिट्टै टावर विस्तार गरी टेलिफोन सुविधा पुर्‍याउन म प्रतिबद्ध छु,’ खरेलले भनेका छन् ।

अधिकांश ग्रामीण भेगका बासिन्दाहरू अझै पनि सञ्चार सुविधाबाट टाढा छन् । हातमा मोबाइल सेट भए पनि टावर नहुँदा एउटा जरुरी फोन गर्नका लागि पनि घण्टौँ हिँडेर अग्ला डाँडातिर दौडनुपर्ने स्थानीयको नियति बनेको छ ।

​जिल्लाका तीनवटै स्थानीय तहहरू सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न गाउँहरूमा टेलिफोन र इन्टरनेट सेवा पुग्न सकेको छैन । सञ्चारको पहुँच नहुँदा स्थानीयहरू सूचनाको हकबाट मात्र होइन, आपतकालीन समयमा सहयोग माग्न समेत वञ्चित भएका छन् ।

​सञ्चार सेवा नहुँदा गाउँमा बिरामी पर्दा, एम्बुलेन्स बोलाउन वा सरकारी सेवा लिने क्रममा डिजिटल कामहरू गर्न समेत समस्या भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?