+
+
Shares

कांग्रेस ललितपुरले कुपण्डोलबाट विशेष महाधिवेशनको जुलुस निकाल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १२:२२

२४ पुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला समिति विशेष महाधिवेशनको पक्षमा सक्रिय हुने गरी खुलेको छ ।

पुस २७ र २८ का लागि भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनका लागि कुपण्डोलबाट प्रदर्शन सुरु हुने काठमाडौं जिल्ला समितिले जनाएको छ ।

ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले कुपण्डोल, हनुमानस्थानमा भेला भई बाजागाजा, झाँकी सहितको र्‍यालीसहित भृकुटीमण्डप पुग्ने जानकारी गराएका छन् ।

जिल्ला सभापति श्रेष्ठले दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन पार्टी पङ्तिलाई अनुरोध गरेका छन् । ‘२०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो बिशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताको लागि ललितपुर जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गर्दछौं’, श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?