+
+
Shares

धमाधम छापिँदैछ नमुना मतपत्र (तस्वीर)

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १४:१३

२४ पुस, काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको छ । आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ । जनक शिक्षाका अनुसार करिब २ करोड ८ लाख समानुपातिक पत्रपत्र छपाइ हुनेछ ।

समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्दैछन् । यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।

तस्वीर- प्रदीपराज वन्त/निर्वाचन आयोग

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?