News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जामन्त्री कुलमान घिसिङले बुधबार साँझ पदबाट राजीनामा दिएपछि उनका मन्त्रालयहरूको जिम्मेवारी अन्य मन्त्रीलाई दिइएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ऊर्जा मन्त्रालयको कार्यभार अनिलकुमार सिन्हालाई दिइएको बताउनुभयो।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी माधवप्रसाद चौलागाईले र सहरी विकास मन्त्रालयको जिम्मेवारी मार इङ्नामले सम्हाल्ने गरी तोकिएको छ।
२४ पुस, काठमाडौं । ऊर्जामन्त्रीसहित रहेका कुलमान घिसिङले सह्मालेको मन्त्रालयहरूको जिम्मेवारी अन्य मन्त्रीलाई दिइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई जिम्मेवारी थपेका हुन् ।
घिसिङले बुधबार साँझ पदबाट राजीनामा दिएर राजनीतिमा होमिएको जानकारी दिएका थिए ।
उनले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
उनले राजीनामा दिएसँगै ऊर्जा मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभारसमेत वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईले र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी तोकिएको छ ।
प्रतिक्रिया 4