News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले आगामी चुनावलाई प्राथमिकतामा राखेर सबै केन्द्रीय सदस्यलाई जिल्लामा केन्द्रित गरि अस्थायी कार्य विभाजन गरेको छ।
- पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरूलाई निर्वाचनको काममा परिचालन गर्ने नीति अवलम्बन गरिएको छ।
- चुनावमा खेलेको भूमिकाको आधारमा नेताहरूको मूल्यांकन गरिने र केन्द्रीय सदस्य मनोनयन चुनावपछि गरिने जानकारी दिइएको छ।
२४ पुस, काठमाडौं । नेकपा एमालेले आगामी चुनावलाई प्राथमिकतामा राखेर नेताहरूको कार्य विभाजन गरेको छ ।
कार्य विभाजन गर्दा सबै केन्द्रीय सदस्यलाई जिल्लामा केन्द्रित हुन भनिएको छ । ‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहेन गरी परिचालन गर्ने नीति अनुरुप अस्थायी कार्य विभाजन गर्ने नीति अवलम्बन गरिएको छ,’ आज जारी अपानिमा भनिएको छ ।
चुनावमा खेलेको भूमिकालाई आधार मानेर नेताहरूको मूल्यांकन गरिने पनि अपानिमा उल्लेख छ ।
‘पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिनेछ,’ अपानिमा भनिएको छ ।
केन्द्रीय सदस्य मनोनयन, पोलिट्ब्यूरो गठन र स्थायी कमिटी गठन भने चुनावपछि गरिने पनि जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4