ललितपुर । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा जारी गरेको विज्ञप्तिप्रति प्रवक्ता सन्तोष राज केसीले आपत्ती जनाएका छन् ।
केसीले पनि आज अलग विज्ञप्ति जारी गरेर जिल्ला सभापति श्रेष्ठको विज्ञप्ति अवैधानिक र एकतर्फी भएको जनाएका छन् ।
कार्यसमितिको बैठक तथा पदाधिकारीसँग छलफल विना सभापति श्रेष्ठले कल ढंगले विज्ञप्ति जारी गरेको उनको भनाइ छ ।
प्रवक्ता केसीले श्रेष्ठको विज्ञप्तिको भ्रममा नपर्न र वैशाख अन्तिम साता तोकिएको नियमित महाधिवेशनमा केन्द्रित हुन आह्वान गरेका छन् ।
त्यसअघि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन पनि उनले सबैलाई अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4