News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताए।
- सिटौलाले अहिले पार्टीमा प्रतिस्पर्धा गर्ने समय नभएको र एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने बताए।
- उनले भने, 'राजनीति हो परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ' र विशेष महाधिवेशनको आवश्यकता नरहेको बताए।
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताए । अहिले परस्परमा पार्टीमा प्रतिस्पर्धा गर्ने समय नभएको जिकिर समेत गरे ।
‘पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो । यतिबेला पार्टीमा परस्परमा नेता, साथीहरूको बीचमा प्रतिस्पर्धा गर्ने बेलै होइन । निर्वाचनमा पार्टी एकतावद्ध भएर जाने बेला हो यो । आजसम्म जुन परिस्थिति देखिएको छ, त्यो राम्रो मानिँदैन,’ सिटौलाको भनाइ छ ।
अहिले सबै एकताबद्ध भइ निर्वाचनमा जानुपर्ने समय भएको बताउँदै उनले पार्टीमा अहिले देखिएको परिस्थिति राम्रो नभएको भन्दै केन्द्रिय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरू लागिपरेको जानकारी दिए ।
‘तथापि हामी केन्द्रीय कार्यसमितिले गरेको निर्णयमा लागिपरेका छौँ । अब राजनीति हो परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ । विशेष महाधिवेशन आजको आवश्यकता होइन,’ सिटौलाले भने, ‘आजको आवश्यकता निर्वाचनमा पार्टीभित्र देखाउनुपर्ने पूर्ण समझदारी हो । निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला हो । यस्तो बेलामा पार्टीमा खैलाबैला भएको छ, त्यो उचित छैन । पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य हो ।’
प्रतिक्रिया 4