+
+
Shares

निजी क्षेत्रतर्फ कर्जा सुधार, एक महिनामै थपियो ३७ अर्ब

बैंक तथा वित्तीय संस्थाले मंसिरमा मात्रै थप ३७ अर्बभन्दा धेरै कर्जा लगानी बढाएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष मंसिरमा निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ।
  • मंसिरमा निजी क्षेत्रमा कर्जा १ खर्ब २ अर्ब २४ करोड थप भई कुल ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ।
  • मंसिर मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्र ६२.७ र व्यक्तिगत तथा घरपरिवार क्षेत्र ३७.३ प्रतिशत रहेको छ।

२५ पुस, काठमाडौं । चालु आर्थिक वर्ष मंसिरमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जामा सुधार आएको छ ।

बैंक तथा वित्तीय संस्थाले मंसिरमा मात्रै थप ३७ अर्बभन्दा धेरै कर्जा लगानी बढाएका हुन् ।

चालु आव मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ । कात्तिकमा निजी क्षेत्रतर्फका कर्जा १.२ प्रतिशत बढेको थियो ।

गत मंसिरमा निजी क्षेत्रमा कर्जा १ खर्ब २ अर्ब २४ करोड थप भई कुल ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ । गत आव मंसिरमा यस्तो कर्जा १ खर्ब ७८ अर्ब २९ करोड अर्थात् ३.५ प्रतिशत बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा मंसिर २०८२ मा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशत बढेको छ ।

मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३७.३ प्रतिशत छ । गत आव सोही अवधिमा यस्तो अंश क्रमश: ६४.१ र ३५.९ प्रतिशत थियो ।

चालु आव मंसिरसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको २ प्रतिशत, विकास बैंक ०.८ र वित्त कम्पनीको १.२ प्रतिशत बढेको छ ।

मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति सुरक्षणमा १४.९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत छ । २०८१ मंसिरमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमश: १३.५ र ६६.१ प्रतिशत थियो ।

चालु आव पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फ ५.२ प्रतिशत, उपभोग्य क्षेत्र ५.१, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र ३.५, औद्योगिक उत्पादन क्षेत्र २.५ र सेवा उद्योग क्षेत्रतर्फ ०.४ प्रतिशत बढेको छ ।  कृषि क्षेत्रतर्फको कर्जा र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत घटेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृति ५.७, रियल इस्टेट (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.७, क्यास क्रेडिट २.६, आवधिक १.२, माग तथा अन्य चालु पूँजी कर्जा १, र ट्रस्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशत बढेको छ भने अधिविकर्ष कर्जा ५.४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?