+
+
Shares

चुनावी जित प्रभावित हुनेगरी अन्तर्विरोधमा नअल्झन ओलीको निर्देशन

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छनोटका क्रममा देखिएका आन्तरिक असन्तुष्टि र स–साना अन्तरविरोधमा अल्झिँदा निर्वाचन परिणाम नै प्रभावित हुन सक्ने भन्दै पार्टी पंक्तिलाई सचेत रहन निर्देशन दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १३:४४

२६ पुस, काठमाठौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छनोटका क्रममा देखिएका आन्तरिक असन्तुष्टि र स–साना अन्तरविरोधमा अल्झिँदा निर्वाचन परिणाम नै प्रभावित हुन सक्ने भन्दै पार्टी पंक्तिलाई सचेत रहन निर्देशन दिएका छन्।

‘महत्वहीन स–साना आपसी अन्तरविरोधमा अल्झिएर मतपरिणाम बिग्रिन दिनहुँदैन’ ओलीले भने, ‘पार्टीको जित सुनिश्चित गर्न आन्तरिक एकता र अनुशासन सबैभन्दा निर्णायक हुन्छ ।’

एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समानुपातिकतर्फ तोकिएकै समयमा निर्वाचन आयोगमा उम्मेदवार सूची पेश गरिएको जानकारी दिए।
समावेशी क्लस्टर, भौगोलिक सन्तुलन र तोकिएको ११० सिटको सीमालाई ध्यानमा राखेर सूची तयार गरिएको भए पनि कतिपय विषयमा ध्यान नपुगेको हुन सक्ने उनले स्वीकार गरे।

यसबारे आगामी दिनमा थप व्यवस्थित गृहकार्य गरिने पनि उनले बताए।
प्रत्यक्षतर्फका सम्भाव्य उम्मेदवार सिफारिस प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै ओलीले यस क्रममा केही गुनासो र असन्तुष्टि देखिन थालेको बताए ।

कतिपय स्थानमा ‘एकल सिफारिस’ को नाममा इच्छुक आकाङ्क्षीहरूसँग समुचित परामर्श नगरिएको तथा कतै तलै सहमति खोज्ने प्रयास नगरी आएका सबै नाम केन्द्रमा पठाइएकोप्रति उनले असन्तोष व्यक्त गरे ।

अध्यक्ष ओलीले सिफारिस प्रक्रियाको विश्वसनीयता कायम गर्दै सबै पक्षलाई ध्यानमा राखेर अन्तिम उम्मेदवार निर्णय गरिने स्पष्ट पारे । उनले निर्णय भइसकेपछि आकाङ्क्षीहरू सहित सिङ्गो पार्टी पंक्ति एकताबद्ध, दृढ संकल्पित र उच्च मनोबलका साथ निर्वाचन अभियानमा होमिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?